मुलुकभर फैलदै गरेको डेंगु , कसरि वच्ने ?

Avatar photo
Dhadingpost
कार्तिक १२, २०७३

subas

सुभाषचन्द्र अर्याल

डेंगु
हाल नेपालको विभिन्न भु-भागमा डेङ्गु महामारीको रुपमा फैलदै गरेको छ ।यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यो महामारीकै रुप लिने गरेको छ ।

के हो डेंगु ?
विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू। यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जिवाणुले गर्दा लाग्दछ । यो भाइरसको ४ ओटा सेरोटाइप्स(DEN-1,2,3,4) जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन । विश्वभर नै यस रोगको फैलावट भए पनि एशिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएको छ।

कसरि लाग्दछ डेंगु
एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिन देखि जमेर बसेको भए यस्त ठाउहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । उक्त प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र साझपख मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ,जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन ।

लक्षणहरु
शुरुमा विरामीहरुमा टाउको दुख्ने, रिंगाटा लाग्ने, जिउ ,हात दुख्ने, आँखाको गेडी दुख्ने ,जोर्नीहरु दुख्ने, बान्ता  हुने , सामान्य ज्वरो आउने , र आलस्यता हुने जसता लक्षणहरु देखिन्छ । साथै नाकबाट रगत आउने ,दिशामा रगत आउने तथा कालो दिशा हुने ,रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । अधिंकास रोगीहरु सामान्य उपचार पछि निको हुन्छ । यस रोगको तिनओटा चरणहरु देखिन्छ। क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम् ।क्लासिक डेंगु  सामान्य प्रकारको डेंगु हो, यो आफैं निको हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

denguकसरी गरिन्छ परीक्षण ?
यसको परिक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु जस्तै MacELISA,HAI,IgG ELISA  आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहीचान गर्न सकिन्छ ।यस रोगका लक्षणहरु देखिनासाथ तुरुन्तै अस्पताल गएर परिक्षण गर्नुपर्दछ। नेपालका सबै सरकारी अस्पतालमा यसको परिक्षण निशुल्क गरिन्छ ।

निदानका उपायहरु

यस रोगको ऐले सम्म कुनै खास औषधि तथा सुइ खोप उपलब्ध छैन । आराम गर्ने, प्रशश्त पानि पिउने तथा ज्वरो को औषधि सेवन गर्ने, रगत बगेको अवश्थामा प्राथमीक उपचार गरेरर जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ ।

रोकथामका उपायहरु
रोग लगेर उपचार गराउनु भन्दा रोग लग्न नदिनुनै बुद्धिमानी भने झै ,रोग लाग्नवाट वच्ने उपायहरु समयमै अपनाउनु पर्दछ ।मुख्यतया यसवाट वच्न लामखुट्टेको टोकाइवाट वच्नुपर्छ । तसर्थ आफ्नो घर सफाई गर्नु र घरमा पानि जम्ने खाल्टाखुल्टीहरु पुर्नुपर्छ । साथै लामखुट्टेको टोकाईबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ ।

लेखक:  अर्याल [msc medical microbiology] नलाङ काम्दी,धादिङ् का हुन् ।