धादिङ कात्तिक ९-
सुनौलाबजारमा जारी शहिद मुकुन्दसेन राजभण्डारी स्मृति खुल्ला फुटवल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ ।
कार्तिक ५ गते नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उदघाटन गर्नु भएको सो प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।
हिजो पहिलो सेमिफाईनल खेलमा धादिङ समाज धादिङ र साङकोष युवा क्लव विच भएको थियो । सो खेलमा धादिङ समाज धादिङले साङकोष युवा क्लवलाई ७ ०को विशाल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
आज पहिलो तथा अन्तिम सेमिफाईनल खेलमा मलेखु र पात्ले युवा क्लव बिच हुने आयोजकले जानकारी दिएको छ । विजेताले आज नै उपाधिका लागि धादिङ समाज धादिङसँग भिडने आयोजकले जनाएको छ ।
विजेताले चालीस हजार नगदसहित ट्रफि तथा प्रमाण पत्र र उपविजेताले पच्चीस हजार नगद सहित ट्रफि सहित प्रमाण पत्र पाउने छन ।

