आरोप प्रत्यारोप हैन, विचार केन्द्रित होऔं -भण्डारी

Avatar photo
Dhadingpost
अशोज २५, २०७३

धादिङ असोज २५ । नेकपा माओवादी केन्द्र धादिङका सह-इन्चार्ज रामबहादुर भण्डारीले आफ्नै पार्टी तर्फ इंकित गर्दै, आरोप प्रत्यारोप हैन मिलेर  विचार केन्द्रित हुनु पर्ने बताउनु भएको छ ।

माओवादी केन्द्र बहिरबाट हेर्दा एकताबद्ध र खम्बा जस्तो दरिलो देखिए पनि पार्टी भित्रै एकले अर्को सिध्याउने गैर राजनीतिक प्रवृति हावी भएको भन्दै,  विकास र समृद्धिका लागि  विचार केन्द्रित एकताबद्ध हुन ढिला भै सकेको बताउनु भएको हो ।

आफ्ना पार्टी कार्यकर्तालाई आगिञ्चोक गाविसमा सुभकामना दिदै भण्डारीले अहिले पनि जिल्लामा निशेधको राजनीति गर्ने केहि मान्छेहरु क्रियाशित छन्,  अब पार्टी मजबुद बनाउन त्यस्तो गलत प्रवृतीको विरुद्ध अब भण्डाफोर गरेर जान कार्यकर्तालाई निर्देशन समेत दिनु भएको थियो ।

माओवादी केन्द्रमा हिजो देखि नै बैचारीक मतभेदमा भन्दा गुटका कारण फुट हुँदै आएको, अहिले धेरै वामपर्टीहरु एकता बद्ध भै बनेको माओवादी केन्द्र जनताको आशाको पार्टी हो । अब फुट र गुटको राजनीति गर्नेहरुलाई कार्यकर्ताले एक एक गरेर चिन्नु पर्ने  बताउनु भएको थियो ।

शुभकामना तथा कार्यकर्ता भेटघाट कार्यक्रम आगिञ्चोक २ भिमसेन स्थान गोलाङमा सम्पन्न भएको थियो ।