गजुरीमा चियापान तथा शुभकामना आदान प्रदान

Avatar photo
Dhadingpost
अशोज २१, २०७३

धादिङ गजुरी असोज २१ । विजय दशमी तथा शुभदिपावलीको पावन अबसरमा वाईसियल नेपाल जिल्ला समिति धादिङले बिहिबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गजुरीमा सम्पन्न गरेको छ ।
वाईसियल नेपाल जिल्ला समिति धादिङका अध्यक्ष राजेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका पोलिट ब्युरो सदस्य तथा धादिङ जिल्ला इन्चार्ज शालीग्राम जमरकट्टेलको, सह इन्चार्ज राम बहादुर भण्डारकिो बिशेष आतिथ्यता रहेको थियो ।
माओवादी केन्द्र धादिङका जिल्ला संयोजक धनबहादुर बुर्लाकोटी, सह संयोजक शम्भु श्रेष्ठ र मनराज भण्डारीको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाभर छरीएर रहेका वाईसिएल कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।