गरिबीकै कारण खाँडीमा पलायन भएका तल्लो घरका रामे दाईलाई सम्झिए । एक श्रीमति र एक छोराका बाबु उनी साहुको ऋण तिर्न नसकेर ऋणै थापेर विदेश पलायन भएको उनको वर्ष दिन नपुग्दै आएको बाकसभित्रको मृत शरिर सम्झदा आङ सिरिङ्ग भएर आउँछ । सानो हुदा अरुले नयाँ कपडा लगाएको देखेर बुबासँग नयाँ कपडाको माग गरी झगडा गर्दा गरिबीकै कारण बाबाको आँखामा देखिएको आशु आजै जस्तो लाग्छ । दसैँमा सबैका घरमा खसि ढाल्दा आँगनको डिलबाट हेरेर थुक निलेको सम्झना ताजै छ । देशमा ६÷६ महिनामा सरकार फेरिन्छ । जुन नेता सरकारमा गए पनि हामी किसान, मजदुर र गरिबहरूकै लागि काम गर्छौँ भनेर भाषण गर्छन् तर माखो पनि मार्दैनन् ।
दसैँ नजिकिदै छ । गाउँ घर, सहर बजार दसैँको रौनकताले छोपिएको छ तर दुईटा बर्खा पालमुनि बिताएका भुकम्प पीडितहरूको समस्या ज्युका त्यु छ । अझै पनि उनीहरूले छानो हाल्न सकेका छैनन् न त घरमा खाने मानो नै छ । तराईका बाढी पीडितहरूको दर्दमा मल्हम लगाउने त कहिले हो कहिले । सरकार आश्वासन मात्र देखाउँछ । काम केही गर्दैन । महङ्गीले आकाश छोएको छ । सर्वसाधारणको पहुचमा केही छैन । जोख्ने हो भने सामान र पैसा बराबरी हुन्छ होला । कालोबजारी ब्याप्त छ । उच्च पदस्थ नेताहरू राज्यको ढुकुटी रित्याएर विदेश सयर गर्छन् । करोडौ खर्च गरेर विदेश उपचार गर्न जान्छन ताकी जुन रोगको उपचार देशभित्रै सम्भव छ । गाउँमा जनताहरू सिटामोल जीवनजल नपाएर मरिरहेका छन् । के हामि गरिबको कोखमा जन्मेर अपराध नै गरेका हँौ त ? यसरी जीवन गुजार्नु भन्दा त बरु मृत्यु नै प्रिय लाग्छ । सरकार कि त हामी गरिबहरूलाई बाच्ने आधार बनाइदेऊ कि त फासी देऊ ।
ओ दाइ ? झर्ने मन छैन कि के हो ?” कसैको आवाज कानमा ठोकियो । यसो उठेर यता उता हेरेको म त निद्रामा सपना पो देख्दै रहेछु । सगँै बसेका ती दाजु अगाडि नै झरिसकेछन् । मनमा थकथकी लाग्यो । राम्रोसम्म जानुहोला सम्म भन्न पाइन ।कि त फाँसी देऊ कि त बाच्ने आधार बनाइदेऊ सरकार !
कामको शिलशीलामा गाडिको यात्राको क्रममा थिएँ । सायद चाडपर्व नजिकिएर होला गाडि खचाखच भरिएको थियो । भर्खर गाउँबाट झरे झैँ लाग्ने एक जना ३५÷४० का पुरुष पुराना पसिना नै पसिना गनाउने कपडा लगाएर ८÷१० वर्षकी छोरी काखमा च्यापेर यता उता चहार्दै थिए । संयोगबश मेरो छेवैको सिट खाली रहेछ । उनी त्यही आएर बसे । चुप लागेर बस्न सकिन । सोधखोज गर्दै जाँदा दसैँ खर्च जुटाउनको निम्ति राजधानीमा कुल्ली काम गर्न गएर र्फकदै रहेछन् । भन्दैथिए, ०७२ बैशाख १२ को भुकम्पले घर पनि लग्यो । श्रीमती र एक छोरा पनि लग्यो । अहिले सानो झुप्रो बनाएर बसेको छु । यसपालीको बर्षातमा पहिरो गएर अलिअलि भएको खेतबारी पनि सबै बगायो ।
सम्पतिको नाममा यही एउटा छोरी छे । घरमा एक्लै छोड्न नसकेर आफैसँग मजदुरी गर्न लगेको । उनी अझैँ थप्दै गए । म मौन भएर सुन्दै गएँ । अहिले त राजधानीमा कुल्ली काममा पनि दलाली लाग्दो रहेछ । एउटाले दिनको एक हजारमा काम लगाइदिन्छु भनेर १०÷१५ दिन काम गरेपछि दिनको ३०० दिएर कामबाट निकालीदियो । साहुको रिनले टाउको खाइसक्यो । गाउँमा बस्न नसकेर मजदुरी गर्न सहर पसेको । सहरमा झन बाच्न नसक्ने रहेछ । जताततै कालोबजारी २० रुपैयाको सामानलाई ५० भन्छन् । अस्तव्यस्त, फोहोर, धुवा, धुलो, भिडभाड अत्यासलाग्दो । न गाउँमा बस्न मन लाग्छ न सहरमा बस्न सकिन्छ । कहिले काही त मरौँ जस्तो पनि लाग्छ तर यसको (छोरी) भविष्य सम्झेर मर्न सक्दिन । गरिब भएर जन्मनु त ठुलै अभिसाप रहेछ । चाडपर्व आउँछ । घरमा छाक टार्ने कुरा हुदैन कसरी मनाउ म चाडपर्व ? हामीलाई त यो दसैँ होइन हरेक वर्ष दशा बनेर आउँछ ।
उनका यी पीडादायी कुरा सुन्दा म निशब्द भएँ र एकोहोरो भएर सम्झन थाले । साच्चै हामी गरिवहरुको लागि त चाडपर्व दशा नै बनेर आउँछ । दिनभर मजदुरी गरेर बेलुकाको छाक टार्ने हामी गरिबहरूले कसरी पुरा गर्न सक्छौँ र आफ्नो परिवार र सन्तानको इच्छा चाहाना ? महलमा बस्नेहरूको लागि त हरेक दिन चाड जस्तै हुन्छ । उनीहरूका लागि कुनै पनि कुराको कमि हुदैन । उनीहरू सामान्य टाउको दुख्दा पनि महङ्गा अस्पतालमा भर्ना हुन्छन् । उनीहरूका छोराछोरीको माग तत्कालै पुरा हुन्छ । हामी गरिबहरू गाउँमा सिटामोल नपाएर दिनानु दिन मरीराखेका छौँ । एउटा कापी र कलम किन्ने पैसाको अभावले विद्यालय छोड्न बाध्य छौँ ।