मुटुको भल्भ फेर्न धादिङकी मिरालाई सहयोग जुटने क्रम जारी

Avatar photo
Dhadingpost
अशोज ३, २०७३
धादिङ असोज ३
mira-bhujel
धादिङको पीडा गाविसका मिरा भुजेल मुटुको भल्भमा समस्या आएपछि समस्यामा रहनु भएको छ । विभिन्न व्यक्तिहरुद्धारा उहाँलाई सहयोग जुटने कार्य भने जारी रहेको छ यसै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आर्थिक सहयोग उपलब्ध गराएका छन्।उक्त आर्थिक सहयोग रकम नेपाली जनसम्पर्क समिति लक्जेम्बर्गले संकलन गरि पठाएको थियो।
नेपाली हिन्दुहरुको महान चाड बडादशैं अगाडि सोह्र श्राद्दको पहिलो दिन उक्त रकम भुजेललाई दिएका शर्माले भने, सोह्रश्राद्द तिथिमा स्वर्गीय मातापिताको श्राद्द गरेपनि अरुदिन सामाजिक कर्मले मानविय सेवा आफूले उक्त सहयोगको व्यवस्था गरेको बताए।
शहिद गंगालाल अस्पतालमा उपचार गराइरहेकी विपन्न परिवारकी किशोरी भुजेलको मुटुको भल्भ फेर्न आर्थिक सहयोग जुटाएका शर्माले शनिबार अस्पतालमा पुगी १ लाख २२ हजार ७ सय ४७ रुपैया रुपैयाको चेक हस्तान्तरण गरे।