भदौरे झरि बुधवारपछि मात्र हटने

Avatar photo
Dhadingpost
भदौ २७, २०७३

धादिङ भदौ २७

jhari

आइतबारदेखि फेरि सक्रिय भएको मनसुन बुधबारपछि मात्र निष्क्रिय हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य क्षेत्रमा बुधबारदेखि मौसममा सुधार हुने छ। मनसुन चलिरहेकाले यो बेमौसमी वर्षा नभएको बताइन्। ‘सेप्टेम्बर २३ सम्म मनसुन चलिरहन्छ’,मौसमविद् शान्ति कँडेलले भनिन् ।

मनसुनको न्यूनचापीय रेखा र भारतका बिहार, उत्तर प्रदेश र उडिसा राज्यमा बनेको मनसुनको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पनि पानी परिरहेको हो ।

‘उपत्यका र पूर्वी क्षेत्रमा  आजभन्दा भोलि पानी पर्न कम पर्नेछ, बुधबारदेखि मौसममा सुधार हुनेछ’, कँडेलले भनिन् ‘पश्चिमी क्षेत्रमा भने आजभन्दा भोलि धेरै पानी पर्ने सम्भावना छ।’