महिला विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

Avatar photo
Dhadingpost
भदौ २७, २०७३

धादिङ भदौ २७

rubina-chhetri

महिला विश्वकप छनोटका लागि नेपालले रूबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ।नेपालले हङकङमा हुने एसिया क्षेत्रको छनोटका लागि पहिले ४८ जना खेलाडीलाई बन्द–सत्रमा राखेको थियो। त्यसबाट २४ हुँदै सोमबार १८ सदस्यीय टोलीको घोषणा गरेको हो।

१८ सदस्यीय टोलीमा सिता रानामगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, लक्ष्मी चौधरी, संगीता राई, इन्दु बर्मा, ज्योती पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर छन्। यि खेलाडीलाई जगत टमाटा, राजु बस्नेत र बिनोद दासले तयार गर्दैछन्। महिला टोलीको जिम्मेवारी पहिलो पल्ट राजु बस्नेतले लिँदै छन्।

अक्टुवर ९ देखि हङकङमा आयोजना हुने एसियाली क्षेत्रको छनोटमा नेपालले हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ। यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउने छ।