चार वर्षीया बालिका बलात्कृत

Avatar photo
Dhadingpost
भदौ २२, २०७३

धादिङ  भदौ २२

rap

दार्चुलामा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा धौलाकोटका १८ वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ। धामीविरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस