विश्व कप २०१८ को छनौटमा वेल्सको शानदार सुरुवात

Avatar photo
Dhadingpost
भदौ २१, २०७३

धादिङ भदौ २१

bel

वेल्सले विश्व कप २०१८ को छनौट अभियान सहज जितका साथ सुरु गरेको छ । आइतबार राति कार्डिफमा भएको छनौट चरणको आफ्नो पहिलो खेलमा वेल्सले माल्डोभालाई ४–० ले हरायो । समूह डीमा रहेको वेल्सको जितमा ग्यारेथ बेलले दुई तथा सामुएल वोक्स र जोए एलनले एक एक गोल गरे ।

bel 1

युरोकप २०१६ को सेमिफाइनलसम्म पुगरेर इतिहास बनाएको वेल्सका लागि वोक्सले ३८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । ४४ औं मिनेटमा एलनले गोल गरेपछि वेल्सले पहिलो हाफमा २–० को अग्रता दिलाए ।

bel 2

बेलले ५० औं मिनेटमा गोल गर्दै अग्रता ३–० मा पुर्‍याए । इन्जुरी समयमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बेलले वेल्सलाई विश्व कप छनौटको पहिलो खेलमा ४–० को जित दिलाए । वेल्सले अर्को खेल आउँदो अक्टोबर ६ मा अस्ट्रियासँग खेल्नेछ । समूह डीमै रहेको अस्ट्रियाले रातिनै भएको खेलमा जर्जियालाई २–१ ले हराएर विजयी सुरवात गरेको छ । समूह डीमै रहेका सर्बिया र रिपब्लिक अफ आयरल्याण्डले २–२ को बराबरी खेल्दै एक एक अंक बाँडेका छन् ।

bel 3