एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ १५, २०७३

धादिङ भदौ १५

slcresults

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार बेलुका प्रवेशिका पुरक परीक्षा अर्थात ग्रेड बृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तर अर्थात ग्रेड बृद्धि भएको जानकारी दिनुभयो । ४० जनाको नतिजा भने स्थगित गरिएको छ ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २ सय ५७ जना गरि कूल १ लाख ४७ हजार ५ सय ८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए ।

परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए । कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो ।