तीज विशेष कार्यक्रममा धादिङका कृष्ण शिसिर सम्मानित

Avatar photo
Dhadingpost
भदौ १५, २०७३

धादिङबेसी भाद्र १५ । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान धादिङका पूर्व अध्यक्ष कृष्ण शिसिर सम्मानित हुनु भएको छ ।

मंगलबार धादिङबेसी स्थित भानुपार्कमा आयाजित तीज विशेष कार्यक्रममा जिल्ला न्यायधिस ईश्वरराज आचार्यले शिसिरलाई सम्मान गर्नुभएको हो ।

धादिङको कला संस्कृतिलाई संरक्षण गर्न महत्वपूण भुमिका खेलेको र गित संगित मार्फत सामाजिक रुपान्तरणमा सहयोग पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको थियो ।

कार्यक्रमा धादिङ घर भएका राष्ट्रिय स्तरका कलाकारहरु हिमाल घले, विनु तामाङ, मनमायाँ वाईवा, धादिङका स्वरका धनी तथा संचारकर्मी सिताराम परिया (सरगम) धादिङ जिल्लाका प्रतिष्ठित कलाकारहरु राजकुमार बानियाँ, राकेश गुरुङ, सितामायाँ गुरुङ, खेमराना लगायतले छमछमी दर्शकहरुलाई नचाएका थिए ।

कर्मचारी मिलन केन्द्र धादिङ र राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान धादिङको संयुक्त आयोजनामा भएको उक्त तीज विशेष कार्यक्रम मिलन केन्द्र धादिङका अध्यक्ष यज्ञ प्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।