प्रधानमन्त्रीद्वारा चितवन बस दुर्घटनाप्रति दुःख व्यक्त

Avatar photo
Dhadingpost
भदौ १०, २०७३

धादिङ भदौ १०

prachnda

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको चण्डिभञ्ज्याङ गाविसमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेको उद्धार, खोज र उपचारका लागि प्रशासन र पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

रौतहटबाट पोखरा जाँदै गरेको बस शुक्रबार चण्डिभञ्ज्याङको कालिखोला भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाईतेको उद्दार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशित गर्दछु।

प्रधानमन्त्री प्रचण्डले ट्वीट गरेका छन्, ‘त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको उद्धार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पंक्तिलाई निर्देशित गर्दछु ।’