पोखरा भदौ २
दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर पोखराका विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाएका छन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना मनाउदै छन् ।
यसैवर्ष दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी पोखराको ठाउँ ठाउँमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसो गरेमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास छ ।





