गृहमन्त्री र स्वराजबीच भेट वार्ता

Avatar photo
Dhadingpost
भदौ ३, २०७३

धादिङ भदौ २

timthumb

प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा नयाँ दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच शुक्रबार भेटवार्ता भएको छ।यसअघि निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए। निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालमा नयाँ सरकार बनेपछि  आएका पहिलो पाहुना र विदेशमन्त्रीबीच भेट भएको तस्बिर ट्वीट गरेका छन्। उनले भेटमा के के विषयमा कुरा भयो भन्ने खुलाएका छैनन्।