एफएम स्टुडियोमा सेक्स गरिरहेका संचारकर्मीलाई रंगेहात पक्राउ

Avatar photo
Dhadingpost
भदौ ३, २०७३

धादिङ भदौ २

p-2-300x225

चितवनमा रहेको एक सामुदायिक एफएम रेडियोका २ जना प्रस्तोता आफ्नै स्टुडियोमा आपत्तिजनक   अवस्थामा मालिक द्वारा समातिएका छन् । संगै कार्यक्रम चलाउने उनीहरु बिगत ५ बर्ष देखि रेडियोमा कार्यरत थिए । युवाहरुका बिच एकदमै लोकप्रिय कार्यक्रम “लभ इज लाइफ” उनीहरुले उत्पादन गर्ने कार्यक्रम हो ।

उनीहरुको यस्तो कर्तुत पर्दाफास भए संगै आहिले रेडियो अन्य सहकर्मीहरुले हांसी मजाक गरिरहेका छन् भने ति दुइजना निस्काशित भै सकेका छन् ।

“उनीहरु लामो समय देखि प्रेम सम्बन्धमा रहेको सबैलाई थाहा थियो तर स्टुडियो मै त्यस्तो काम गर्लान भनेर कसैले सोचेकै थिएन” सोहि एफएम रेडियोमा कार्यरत बिपिन अर्यालले थप्छन्-” बिजुली गएको बेला रेडियो बन्द हुन्छ, जेनेरेटरले धान्दैन त्यो दिन रेडियोमा उनीहरु मात्रै थिए बिजुली आएपछि रेडियो चलाउने भनेर बसेका थिए। मालिक टुप्लुक्क अफिस नगएको भए थाहै हुन्नथ्यो सायद उनीहरु सधै यस्तै हर्कत गर्थे ।

आफ्नै स्टाफको र रेडियोको बदनाम हुने डरले यसबारेमा आफु केहि पनि नबोल्ने र अरु पनि बोल्नु हुदैन भनेर मालिकले घटनाको बाध्यात्मक ढाकछोप गरेका छन् ।

स्रोत:टिभी अन्नपूर्णबाट साभार