प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री थपिए

Avatar photo
Dhadingpost
साउन ३०, २०७३

धादिङ साउन ३०
1471172666mantri1
रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।विस्तारित मन्त्रिपरिषदमा जनार्दन शर्मा (ऊर्जा मन्त्रालय), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) थपिएका छन् ।

उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह शितल निवासमा पद तथा गोपनीयताको सपथ गराइन् ।त्यसैगरी माओवादी कोटाबाटै चारजना राज्यमन्त्री पनि थपिएका छन् । श्रीप्रसाद जबेगु (संघीय मामिला तथा स्थानीय), सत्यनारायण भगत (उर्जा), राधिका तामाङ (कृषि) र धनमाया विक (विना विभागीय) राज्यमन्त्री बनेका हुन् । उनीहरुलाई प्रधानमन्त्री दाहालले सिंहदरबारमा सपथ गराए ।