मन्त्री बन्न चाहनेको जमात ठूलो भएसी मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई

Avatar photo
Dhadingpost
साउन २५, २०७३

धादिङ साउन २५

prachanda

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मन्त्री छनौट गर्ने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकमा प्रचण्डले मन्त्री छनौटको अधिकार आफूलाई दिन माग गरेका थिए । बैठकले प्रचण्डलाई यो अधिकार दिएको नेता हरिबोल गजुरेलले बताए ।

कांग्रेसलाई पर्खिनु परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको माओवादीको दाबी छ । पर्सीसम्ममा पनि कांग्रेसले मन्त्रीहरुको सूची नदिए माओवादीका मन्त्रीहरुमा नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।

माओवादीको बैठकमा सरकारको कामको समिक्षा भएको थियो । सरकारले सुरुवाति चरणमा गरेका निर्णयहरु सकारात्मक भएको भन्दै कार्यान्वयनमा जोड दिएको छ ।