पृथ्वी राजमार्गका २ पेट्रोल पम्पमा सिल

Avatar photo
Dhadingpost
साउन २५, २०७३

धादिङबेसी साउन २५ । धादिङ पृथ्वीराजमार्ग स्थित २ वटा पेट्रोल पम्पमा नापतौल तथा गुणस्तर विभागले सिल गरेको छ ।
कम परिणाममा तेल वेचेको उझुरीको आधारमा काठमाडौंस्थित गुणस्तर तथा नापतौल विभाग र क्षेत्रीय कार्यालयबाट आएको अनुगमन टोलीले २ वटा पम्पमा सिल गरेको हो।

४ वटा पम्पहरु अनुगमन गरेकोअनुगमन टोलीले जोगीमारा गाविस ९, मझिमटार स्थित त्रिशुलधारी आयल स्टोर्स र बेनीघाट गाविस ८, विशालटार स्थित सदाज्योती आयल डिलरलाई सिल गरेको थियो ।

‘त्रिशुलधारीमा ५ लिटरको परिणाममा एक सय मिलिलिटर कम र सदाज्योतीमा ५ लिटरमा २ सय मिलिलिटर कम परिणामको तेल बेचविखन गर्ने गरिएको प्रमाण फेला परेको अनुगमनमा आएका नापतौल विभागका केमिष्ट मनोजकुमार उपाध्यायले बताउनु भयो।

‘तौल परिणाममा ठगी गर्नेहरुको कम्तीमा १५ दिन बेचविखनमा रोक लगाई नापतौल ऐन २०२५ को बमोजिम एक हजारसम्म जरिवाना र थप अनुसन्धान गरि कालोबजारी र ठगी मुद्धाको दफा २५ वमोजिम कारबाही गरिने बताइृएको छ ।