कल्पना थापा, धादिङ
नेपालमा महिलाको अवस्था समानता हुनुपर्छ भन्ने आवाज धेरै उठेका छन। समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलन गरी घोषणा पत्रलाई आधार बनाई कामहरु भइरहेको अवस्था पनि छ । तर पनि यसको कार्यान्वयन भने हुन सकेको छैन । विश्वका धेरै मुलुकहरुमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो विभेद रहेको छ । सामाजिक,आर्थिक,प्रशासनिक,राजनैतिक लगायत हरेक क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून रहेको छ । परम्परागत रुपमा जातीय भेदभाव,चाडो बिवाह,दाइजो प्रथा तथा अन्य कुरितीको कारणले महिलाको स्तर बिकास हुन सकेको छैन ।
पुरुषहरुले सोच्ने गर्छन कि नारीहरु बिहानको आर्लमको घडी हुन,घरमा खाना बनाउने र पस्कने सक्षम मात्र हुन,बच्चाहरुको शिक्षक हुन,पाहुनाहरुको रिसेप्सनिष्ट हुन । उनिहरुलाई न त कुनै छुट्टी मिल्छ, न त कुनै तलब नै । यति गर्दा पनि धेरै पटक सोध्ने गर्छन होईन महिलाहरु दिन कसरी बिताउछन ?
तत्कालीन घटनालाई हेर्ने हो भने पनि हाम्रो नेपालमा नारी हिंशा दिनप्रतिदिन महिला हिंसा जस्ता घटनाहरु घटेको देख्न सकिन्छ । नारी पुरुष समान छन भनेर जतिसुकै भाषण गरेपनि नारीहरु बिभिन्न हिंशा अनि समस्याहरु पीडित भईरहेका छन । राज्यको हरेक तहमा पनि नारीको समान सहभागिता हुनुपर्छ । तर यसको ठिक विपरित बढो मुस्किलले पाएको ३३ प्रतिशत सहभागिताको अवसरबाट पनि बञ्चित भइरहेका छन । ५ बर्षको बालिकादेखि लिएर ६० बर्षकी बृद्दा नै किन नहोस दिन दुइ गुना रात चौगुना आज पनि बलत्कारको शिकार बनिरहेका छन । बिभिन्न प्रलोभन देखाएर,आफन्तको नाता लगाएर पुरुष भनाउदाहरुले मौकाको फाइदा उठाइ हिंसा गर्ने जघन्य कार्य कायमै छन । नारीले आफ्नो आत्मा सम्मानको लागि बोल्दा तेजाव प्रहार गर्ने,बलत्कार गरेर मारीदिने, हिंस्रक मानसिकता बढिरहेको छ । एकाइसौ शताब्दिका महान पुरुषहरु कुरिति र नकारात्मक सोचहरु नशा नशामा दौडीरहेका छन । समाजमा ठुलो व्यक्तित्वको रुपमा आफ्नो सम्मान बनाएका पुरुष जो बाहिर महिला अधिकारको चर्को भाषण गर्छन अनि तिनै पुरुष भित्र भित्रै नारीहरुको अस्तित्व माथि खेलवाड गर्दै नारीलाई पैसासंग तुलना गर्दै हिड्छन । समाजको भद्र भलादमी भनेर चिनिने पुरुषहरुको हेपाहा प्रवृतिबाट नारीहरु कहिलेसम्म घृणित र अपहेलित भएर बस्ने ? के यसैलाइ भनिन्छ हो नारी सम्मान ? महिलालाई किन पोथी बासेको र थोति हाँसेको सुहाउदैन भनेर हेपिन्छ यो समाजमा ? सबै नारीहरु मिलेर यसको विरुद्ध लडनु आजको आवश्यकता भईसकेको छ । कानुनी कारवाहि चुस्त र पारदर्शिता भई कडा कानुनी दायर बनाई कार्यान्वयन गर्नुपर्छ । यानकी आगामी दिनहरुमा हिजोको जस्तै घटनाहरु नदोहोरियोस । पोखराको नेहा पुन अनि काठमाण्डौमा भएको सल्यानका भेनिषा लिम्बु जस्ता हजारौ नारीहरुले अकालमै ज्यान गुमाउन नपरोस ।
झुटो मायाको बहाना बनाई बिभिन्न प्रलोभन देखाएर पुरुषहरुले नारीको जिन्दगीसंग खेलवाड गरिरहेका हुन्छन । प्रेमलाई भगवानको प्रसाद ठानेर दुनियालाई बाड्दै हिडछन । के पुरुषहरुका लागि नारी प्रयोग गर्ने साधन मात्र हुन ? खै यहा प्रेमको औचित्य ? त्यसैले कृपया प्रेमलाई खेल अनि प्रेमिकालाई खेलौना नसम्झनुस किनकी प्रेम कुनै सदस्यताको नविकरण गर्ने जस्तो होइन । जुन बर्षैपिच्छे गर्ने गरिन्छ । पुरुषले गर्ने काम नारीले पनि गर्न सक्छे भन्ने आत्मविश्वास हाम्रो समाजमा अझै पनि यो मानसिकता विकसित बनिसकेका छैन्न । नारीले गर्न खोजेको काममा घरपरिवार र समाजले अवरोध गर्छन। यसका बावजुद पनि नारीहरु संर्घषको मैदानमा गइहालेमा पनि त्यो यात्रा गर्न सहज छैन । अझैपनि नारीलाई समाजमा बिभिन्न उपनामले पुकारिन्छ जस्तै बोक्सी, विधुवा,अलछिना, पापिनी जस्ता तुच्छ शब्दले अनेक लान्छाना लगाईरहेको हुन्छ । यस्ता समाजमा रहेको अपाच्य कुराहरु पुर्ण रुपमा नहटेसम्म अनि घृणित समाजको दृष्टी परिर्वतन नभएसम्म नारीहरु अधिकार लागि जतिसुकै लडेपनि यसले सार्थता पाउने छैन ।
आजभोली सामाजिक सञ्जालहरु मार्फत नारीलाई इजजत दिनुपर्छ,सम्मान गर्नुपर्छ भनेर हजारौ महान वाणिहरु पोष्ट भएको पाईन्छ ।जुन पोष्टमा मात्रै सिमित छन । नारीलाइ इज्जत दिने काम केवल सामाजिक सञ्जालमा मात्र सीमित नराखौ । किनकी त्यो भन्दा बाहिर पनि एउटा समाज छ जहा नारीले स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार हुनुपर्छ । पुरुषहरुले सोच्ने गर्छन कि नारीहरु बिहानको आर्लमको घडी हुन,घरमा खाना बनाउने र पस्कने सक्षम मात्र हुन,बच्चाहरुको शिक्षक हुन,पाहुनाहरुको रिसेप्सनिष्ट हुन । उनिहरुलाई न त कुनै छुट्टी मिल्छ, न त कुनै तलब नै । यति गर्दा पनि धेरै पटक सोध्ने गर्छन होईन महिलाहरु दिन कसरी बिताउछन ? आखिर कहिले हो त छुटकारा पाउन े? नेपाल सरकार,पुलिस प्रशासन लगायत बिभिन्न सरकारी तथा गैह्र सरकारी संघसस्थाहरु द्धारा पनि आवाज उठेको त सुनिन्छ नै तर पनि हाकिमद्धारा कर्मचारी बलात्कृत पुलिसद्धारा हत्या अनि खै त आवाजको कार्यान्वयन? यस्ता अनेकौ कार्यक्रमहरु गरी नारी दिवसको नारा वा अभियानलाई पोस्टर, व्यानर र प्ले कार्डमा सीमित गर्दै नाराबाजी र जुलुसमा रमाउने नेपाली समाजमा फेरी पुरानै शैलीको पुनरावृत्ति मात्र नहोस बरु नारीको मुल्य र भावनाको सहि कदर होस यहि कामना ।नारीलाई सम्मान र इज्जत दिने काम सामाजिक सन्जालमा मात्र सीमित नहोस । नारीको पनि छुट्टै स्थान समाज छ भन्ने कुरा सबैलाई चेताना भया ।