गंगालाल गुरुङ
धादिङबेशीमा बस हुईकिएर आउछ तपाई बाटोमा उभिरहनु भएको छ भने बसका सहचालकले दाई, दिदी कहाँ जाने काठमाण्डौ हो ? हो भन्यो भने तपाईलाई बसमा उकालिहाल्छ तर म बिचबजार जान लाको , मिलनटोल , शान्तबजार , पुछारबजार भन्यो भने सहचालकले बसलाई ढकढकाउछ र हिडिहाल्छ अनि तपाई लुखुर लुखुर हिडेर बिच बजार पुछार बजार कहाँ जान खोज्नु भएको हो हिडन बाध्य हुने छ । यो कुनै फिल्मको कहानी होईन धादिङको धादिङबेशीमा बर्षौदेखि हुदै आएको एक अर्मयादित क्रियाकलाप हो ।
भन्दा र सुन्दा गर्व लाग्छ धादिङको सदरमुकाम धादिङबेशी हो । विशेष गरि हरेक जिल्लाको अन्य भू भागमा भन्दा सदरमुकाममा बढि विकासका पूर्वाधारले भरिएको हुन्छ । सदरमुकाम रहनको लागि हरेक मापदण्ड पुरा गरेको हुनुपर्छ । धादिङबेशीमा नै यातायातको असुविधा भनेर लेख्दा तपाई पाठकलाई लाग्न सक्छ यो लेखक त बौलाएछ भनेर भन्नु होला तर यो तितोसत्य हो ।
धादिङबेशीमा हाल धादिङ यातायात , संयुक्त यातायात , ग्रामिण यातायात , माइक्रो गरि ४ थरिका बस व्यावसायि रहेका छन । धादिङबाट लामो दुरिका लागि छुटने भनेको काठमाण्डौ , भण्डारा र पोखरासम्मको लागि मात्र यातायात सञ्चालनमा रहेका छन । पूर्वका लागि लामो दुरीको बस हाल सम्म पनि सञ्चालनमा रहेका छैनन् । धादिङबाट काठमाण्डौ जानको लागि समस्या नभए पनि सदरमुकाम बासिको लागि भने यातायातको समस्या बर्षौ देखि भोग्दै आएका छन । सदरमुकाम केन्द्रीत मुख्य बजारहरुको लागि सवारी साधनको व्यवस्था नहुदा पनि सास्ती भोग्दै आएका छन ।
बजारको लागि सवारी साधन नभएसी धादिङबेशीमा नै मान्छे पैदल हिडन बाध्य भईरहेका छन । काठमाण्डौ, नारायगढ, पोखराबाट धादिङ भित्रने सवारी साधनहरु पनि बिच बजारदेखि माथि जान मान्दैन्न । दाई मेरो सामान धेरै छ प्लिज सिरान बजार सम्म जाम भन्दा ड्राईभर खलासी भन्ने गर्छन गाडि यहाँ भन्दा माथि जाँदैन भनेर बिचबजार चोकदेखि माथि जानै मान्दैन । तर कोहि कोहि भने दयालु हुन्छन र भनेसी सिरानबजारसम्म मा नै लगिदिने गर्दछ । धादिङबेशी एक त जिल्लाको सदरमुकाम त अर्को नीलकण्ठ नगरपालिकाको प्रमुख केन्द्रमा त यस्तो बिजोक छ भने अन्तको हालत के होला ?
सुनौलोबजारबाट सदरमुकाम धादिङबेशीमा सरेका ४० बर्ष भन्दा बढि भइसक्दा पनि सदरमुकाम केन्द्रीत यातायातको व्यवस्था नहुनु भनेको विडम्वनाको कुरा हो । हाल नगरपालिका भइसकेको छ तर पनि सदरमुकाममा काम विशेषले आउनी आम नागरिक पुछारबजार देखि सिरान बजार र सिरानबजारबाट पुछार बजार सम्म हिडन बाध्य भएका छन । धादिङको विशेष गरि अन्य भूभागमा जाने मानिसहरु कोहि पुछार बजार त कोहि बिचबजारमा झर्ला तर पनि नगरपालिका बासिन्दा नै हुन जो साखु सोह्रघर , भण्डारी गाउ, भुलभुले , हिलेखर्क , केराबारी , पात्ले , फ्याक्से, जुरेथुम , ढोडेनी , सिउडीबार , चिसापानी , गैरी बसाहा, डाँडा बसाहा , धुसेनी , काउले , धुवाकोट आदि ठाउहरुमा पुग्ने बासिन्दा बिचबजार देखि नै हिडन बाध्य हुदै आएका छन । सदरमुकाम भएर पनि सिरान बजार पनि गाउ जस्तै व्यवहार हुदै आएका छन । अन्य ठाउबाट धादिङबेशी भित्रने सवारी साधन बिचबजारमा नै रोकिए जस्तै धादिङबेशीबाट काठमाण्डौ , नारायगढ , पोखराको लागि छुटने बस प्राय बिचबजारबाट नै छुटने गर्दछ । एकाध रुपमा सिरानबजारबाट छुटने गर्दछ । यो त रह्यो बाहिरी जिल्लाको लागि छुटने सवारी साधनको कुरा । हुन पनि टाढाको लागि छुटन लागेको बसले लोकल मानिस हालोस पनि कसरी ? हालसम्म पनि धादिङबेशी केन्द्रीत भएर सवारी साधनको व्यवस्था नहुदा स्कुल कलेज जाने विद्यार्थी , गाउबाट सरकारी कार्यालय आउनु भएका मानिस देखि सरकारी अफिसमा काम गर्ने कर्मचारी समेत जुत्ताको तलुवा फटाउन बाध्य हुदै आएका छन ।
धादिङबेशीमा यातायातको भरपुर सेवा प्रदान गर्ने दायित्व प्रशासन र बस व्यावसायीको हो तर पनि यस तर्फ अहिले सम्म कसैको चासो किन गएन ? प्रशासन मौन बसेका छन भने बस व्यावसायी तै चुप मै चुप रहेका छन ।
सदरमुकाममा आम मानिस हिडन बाध्य भइरहदा वस व्यावसायीले सिरानबजार पुछार बजार बस सेवा किन दिन सकिरहेको छैन । तेल भाँडा पनि उठदैन भनेर हो या मान्छे हिडि नै रहेको छ भनेर हो । धादिङको पुछारबजारबाट भित्रि बाटोमा समेत सवारीको व्यवस्था हुने हो भने धादिङ मलेखु सडकमा चल्ने यातायातले भन्दा बढि पैशा कमाई हुनेछ । पुछारबजारबाट , पुछारबजार चोक हुदै भित्रि बाटो हुदै फिल्म हल हुदै बिच बजार नीलकण्ठ क्याम्पस हुदै विद्युत अफिस हुदै सिरान बजार सम्मको यात्रामा यात्रु पक्कै पनि कम हुने छैन । किनकी जिल्ला प्रशासन , मालपोत कार्यलयमा काम विशेषले जानेहरुका लागि सुविधा हुने गर्दन । कुनै सवारी साधन भने सिरानबजार पुछार बजार सञ्चालनमा आए पक्के पनि धादिङको
धादिङबेशी भित्रिएको सवारी साधन बिच बजारदेखि माथि जान हुन्न भन्ने जस्तो प्रवृतिका कारण मानिस गाउमा जानको लागि जसोतसो ट्याक्टर , ट्रक, जिपमा गए पनि खाल्टे, धुवाकोट , काउले, जुरेथुम आदि ठाउमा जाने मानिस भने बिच बजारबाट सिरान बजारसम्म हिडन बाध्य भईरहेका छन । यस तर्फ कहिले जाने हो सरोकार निकायको ध्यान ?