वास्तविक विधार्थिको उम्मेद्वार हुँ -लम्साल

Avatar photo
Dhadingpost
साउन १९, २०७३

धादिङबेसी साउन १९ । ने.वि.संघको ११ औ अधिबेशन नजिकिदै जाँदा केन्द्रिय समितिमा उमेद्दारी दिने क्रम जारी छ ।
यसै क्रममा धादिङबाट प्रतिनिधि निर्वाचित सन्तोष लम्सालले पनि उम्मेद्बारी घोषणा गरेका छन। लामो समयदेखी जिल्लामा राजनीति गरेका र उपत्यकाको त्रिचन्द्र कलेजमा बिद्यार्थीमाज राम्रो छबि बनायका लम्सालले आफू वास्तविक विद्यार्थीको उम्मेदवार भयको बतायक छन् ।
कलेज र विश्व विधालय छडी सकेका नेताहरुले हालको विद्यार्थीको समस्या नबुझ्ने र वर्तमान विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन नसक्ने भन्दै अब वास्तविक विद्यार्थीले नै ने।वि।संघको नेतृत्व लिनु पर्ने बेला आएकोले आँफूले उम्मेदवारी दिएको लम्सालले बताएका छन् ।
कुनै यौटा नेताको भन्दा पनि आफू समग्र बिद्यार्थीको उम्मेदवार भएकाले निर्वाचन जित्नेमा लम्साल विस्वस्त छन् ।