१९ औं दिनमा खुल्यो जोगिमारा गाविसमा लागेको ताला

Avatar photo
Dhadingpost
साउन २, २०७३

विश्वदिप डिसी,
धादिङ जोगिमारा श्रावण २ । असार १७ गते देखि बन्द भएको जोगिमारा गाउँ विकास समितिको कार्यालयमा लागेको ताला खुलेको छ ।

जोगीमारा गाविस मा २०७२ को विनाशकारी भुकम्पमा पुर्ण क्षतीमा नाम समावेश गरिएका ३४५ घरधुरी पुन सर्वेक्षणमा छुट भएको विरोधमा लगाईएको ताला आज प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले छुट नामावली समावेश गर्ने बताए पछि ताला खुलेको हो ।

विगत विगत १८ दिन देखि बन्द गरिएको जोगीमारा गाविसको कार्यालय आज (साउन २ गते) प्रमुख जिल्ला अधिकारी सुवेदी र पिडित पक्ष बिच भएको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा सुवेदीले पश्चात् छुट नामावली समावेश गर्ने आश्वासन र स्थानिय समन्वय समिति गठन पछि जोगीमारा गाविस कार्यालयको ताला खोली नियमित क्रियाकलाप सञ्चालन गरिएको छ ।