पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट मेसीले सन्यासको घोषणा

Avatar photo
Dhadingpost
असार १३, २०७३

धादिङ असार १३35B54B3200000578-0-image-a-29_1467002765528

‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, ‘मैले जे जति गर्न सक्थें सबै गरे जस्तो लाग्छ ।’अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

आजै भएको कोपा अमेरिकाको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएसँगै पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४–२ ले पछि पार्दै लगातार दोस्रोपटक उपाधी उचालेको हो ।

२९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि ११२ खेल खेलेका छन् । उनले सन् २००५ मा पहिलोपटक राष्ट्रिय टिमबाट खेलेका थिए ।

२०१४ को फुटबल विश्वकपमा पनि अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो ।राष्ट्रिय टिमबाट खेल्दा मेसीको सबैभन्दा ठूलो उपलब्धी भनेको सन् २००८ को बेजिङ ओलम्पिक्समा स्वर्ण पदक मात्रै हो । यस्तै तीनपटक कोपाको फाइनलमा (२००७, २०१५, २०१६) पुगे पनि उपाधी उचाल्न भने उनी असमर्थ रहे ।