धादिङबेसी बैशाख २२ । एमाले र एमाओवादी सहितको सरकार परिवर्तन हुने पक्का पक्की भएको छ । सरकार परिवर्तन भएपनि एमाओवादी र एमाले बीच भएको भद्र सहमति नतोडिने बतार्ईएको छ ।
केपी ओलीको सरकारमा नेपाली काँग्रस, मधेस केन्द्रित दलहरु सकारात्मक नभए पछि र उनीहरुले नै एमाओवादीको नेतृत्वमा सरकार परिवर्तन गर्ने भएपछि हामी नेतृत्व लिन तयार भएको एमाओवादी एक नेताले बताए ।
ति नेताले प्रधानमन्त्री केपी ओलीले पनि प्रचण्डलाई अहिलेको सरकारलाई काम गर्न निकै अफ्ठ्यारो भएको र सबै दलले सहयोग गरे तपाई प्रधानमन्त्री बन्न तयार हुनुहोस् भने पछि प्रचण्डले आज विज्ञप्ती निकाली आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन तयार रहेको बताएका थिए ।
मधेसकेन्द्रीत दलहरुको सहयोगमा प्रचण्ड प्रधान मन्त्री बनेपनी एमाले सँगको भद्र सहमती कायम रहने र नाजायज मधेको माग सम्बोधन गर्न नसकिने प्रचण्डसँगको भेटमा ओलीले गरेको एक नेताले बताए ।
हामीलाई जुन ढंगले प्रचण्डले सरकार संचालनमा सहयोग गर्नुभयो एमालेले पनि त्यहि ढंगले सत्ता संचालनको लागि सहयोग गर्ने ओली सँग सहमति भएको समेत ति नेताले भने ।
