होलिस्टिक हेल्थ अब धादिङ मै आज सेमिनार सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख १४, २०७३

धादिङबेसी बैशाख १४ । होलिष्टिक हेल्थ धादिङको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी जनाचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

आधुनिक स्वास्थ्यको विकल्प, होलिष्टिक हेल्थको सकंल्प भन्ने मुल नाराका साथ आज धादिङबेसीमा जनचेतना मुलक शिविर सम्पन्न भएको हो ।

होलिष्टिक हेल्थ रिसर्ज सेन्टर काठमाडौंका संचालक एल. बि. मुखियाले सहजीकरण गर्नु भएको सेमिनार गोष्ठीमा नेपाली काँग्रेस धादिङका उपसभापति भक्त लामा, एकीकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, नेकपा एमाले धादिङका कार्यालय सचिव प्रेम सिलवाल, वन जोगाऔं अभियानका अभियान्ता भुमिरमण नेपाल, प्रत्रकार महासंघ धादिङका पुर्व सभापति सिताराम प्रसाद वर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहजकिरण गर्दै संचालन मुखियाले नेपालमा पहिलो पटक हिमालय देखि सामुन्द्रिक जडीबुटी बाट बनेका औषधी र मानव स्वास्थ्यको आगि परेको खाँचो बारे बताउनु भएको थियो ।

कार्यक्रममा आएका १०० भन्दा बढी विरामीहरुको स्वास्थ्य परिक्षण होलिस्टिक हेल्थका चिकित्सक कल्पना धमलाले गर्नुभएको थियो ।

होलिस्टिक हेल्थ ईन्टरप्राईजेज धादिङको म्यानेजिङ डारेक्टर सुशिला रिजालले अहिलेको समय विग्रदो वातावरण, मौसम परिवर्तन, ब्यस्त र आधुनिक जिवनशैलि, अस्वास्थ्य, आप्राकृतिक र विषादी युक्त खानपानको कारणले मानव शरिरमा हुने असर बारे जानकारी दिनको लागि सेमिनार आयोजना गरिएको बताउनु भएको थियो ।

औषधीको गुणस्तर सँगै माग धेरै भएकोले अब धादिङमै यस कम्पनीका औषधीहरु वितरणको लागि होलिस्टिक हेल्थ ईन्टरप्राईजेज धादिङ संचालनमा आएको समेत बताउनु भएको थियो ।