एमाओवादी धादिङ दैनिक के गर्दै छ

Avatar photo
Dhadingpost
बैशाख १२, २०७३

धादिङबेसी बैशाख १२ । एमाओवादी धादिङ यतिवेला प्रशिक्षण, जवस मोर्चाको भेला सम्मेलनमा जुटि रहेको छ । धादिङको ३ वटै क्षेत्रमा क्षत्रिय प्रशिक्षण सकेको एमाओवादी धादिङ आफ्ना सबै जवस मोर्चाहरुलाई क्रियासिल बनाउन थालेको छ ।

राजनतिक रुपमा संगठन विहिन जस्तै बनेको वेला आफ्ना गतिविधिलाई सक्रिय पार्दै दैनिक रुपमा ठाउँ ठाउँमा कार्यक्रम गर्दै आई रहेको छ । वैशाख ११ गते एमाओवादीले कहाँ के कार्यक्रम गर्यो त ?

शिक्षकको सम्मेलन तयारी वैठक तथा प्रशिक्षण

धादिङबेसी बैशाख ११ । एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको जिल्ला सम्मेलन तयारी वैठक तथा प्रशिक्षण सम्पन्न ।
यही बैशाख २५ र २६ गते सम्पन्न हुन गइरहेको पाँचौं जिल्ला सम्मेलनको तयारी स्वरुप बैठक तथा राजनैतिक प्रशिक्षण सम्पन्न भएको संगठनका अध्यक्ष अर्जुन नगरकोटीले बताउनु भयो ।

सम्मेलनमा प्रचण्ड ल्याउने तयारी रहेको कार्यक्रम व्यवस्थित र मर्यादित बनाउन वैठक बसेको पनि नगरकोटीले जानकारी दिनु भयो ।
सम्मेलनमा अन्य शिक्षक संगठनका नेता समेत प्रवेष गर्दछन् अब एकीकृत अखिल नेपाल शिक्षक संगठन भन्दा अर्को अरु कसैले पनि शक्षकका पेशागत अधिकारमा लड्दैनन् सबैले बुझि सके त्यसैले सम्मेलन भव्य हुने समेत उहाँको दावी छ ।

वैठक तथा प्रशिक्षणमा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, एकीकृत अखिल नेपाल शिक्षक संगठन ६ नम्बर प्रदेशका सम्योजक निम बहादुर के सि, केन्द्रिय सदस्य शंकर अधिकारी लगायतले प्रशिषण दिनु भएको थियो ।

सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघको भेला

धादिङबेसी बैशाख ११ । अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ धादिङको प्रथम जिल्ला भेलाबाट गीता अधिकारी अध्यक्षमा चयन हुनु भएको छ ।

यसै गरी उपाध्यक्ष सन्तोष राज श्रेष्ठ, सचिव बाबुराम श्रेष्ठ, कोषाध्यक्ष आईतीमाया तामाङ, लगायत ९ सदस्यीय नया कार्य समिति चयन भएको छ । सदस्यहरु ओम लामा, अनिता शाक्य, धर्मेन्द्र श्रेष्ठ, संगिता राना (सरगम) र बिक्रम अधिकारी रहनु भएको छ ।

यसैगरी एकिकृत नेपाल कलाकार महासंघको अध्यक्षमा शम्भु त्रिपाठी चयन हुनु भएको छ । उपाध्यक्ष दर्शन बिश्वकर्मा, सचिव रेखा राई, कोषाध्यक्ष राज गुरुङ र सह–सचिव सुरेश श्रेष्ठ लगायत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

जनसाँस्कृतिक महासंघ अध्यक्षमा तामाङ

धादिङबेसी बैशाख ११ । एकिकृत नेपाल जनसाँस्कृतिक महासंघ अध्यक्षमा कुशुम तामाङ, चयन हुनु भएको छ । उपाध्यक्ष बिष्णु सेढार्ई, शम्भु त्रिपाठी, सचिव बिमन बुर्लाकोटी, कोषाध्यक्ष दर्शन बिश्वकर्मा लगायत ९ सदस्यीय नयाँ कार्य समिति सहित ३ सल्लाहाकार समितिको समेत चयन गरिएको छ ।

एकिकृत नेकपा माओवादी पार्टी एक नम्बर पार्टी बनाउनु पर्ने एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भएको छ । पार्टीको नीति र ऐनको विपरीत पार्टी अगाडि बढ्दा एमाओवादीले संविधान सभाको चुनावमा पराजय हुनु परेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कुम्पुरको राजनैतिक तथा बैचारीक प्रशिक्षण

धादिङबेसी बैशाख ११ । एकिकृत नेकपा माओवादी कुम्पुरको राजनैतिक तथा बैचारीक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ पार्टी कुम्पुरका अध्यष पुष्प थपलियाको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला इन्चार्ज शालीक राम जमरकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला सह सचिव मनराज भण्डारकिो बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सचिवालय सदस्य दिपक लामिछाने, झम्क परियार जिल्ला अध्यक्ष हरि बिश्वकर्माको सहभागिता रहेको थियो ।

यसै गरी वईसियलका रविन उपाध्यायको अध्यक्षतामा ३२ सदस्यीय नया कार्य समिति चयन गरिएको छ । नेपाल राष्ट्रिय बुद्धिजिवि संगठनका कमल कुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ ।

अखिल नेपाल किसान संघ क्रान्तिकारीका रमेश थपलियाको अध्यक्षतामा १४ सदस्यीय नया कार्य समिति चयन गरेको छ । यसै गरी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका दड्गा बहादुर सुन्दासको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।