टावर २९ हैन १२ तलाको बन्ने पुरानो बसपार्कबाट छुट्ने गाडी खुल्ला मञ्चबाट

Avatar photo
Dhadingpost
बैशाख ९, २०७३

काठमाडौं बैशाख ९ । काठमाडौँ भ्यू टावर २९ तला बन्ने तयारी गरिएको भएपनि भुकम्पको कारण देखाउँदै १२ तलाको बन्ने भएको छ ।
काठमाडौं पुरानो बसपार्क बन्न लागेको १२ तले टावर निर्माण अवधिधर पुरानो बसपार्कबाट छुट्ने गाडीहरु अब रत्नपार्कबाट संचालन हुन लागेको हो ।
राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ ।
भूकम्प पूर्वको योजनाअनुसार टावर २९ तला बनाउने तयारी रहेको थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने छ । अहिले १२ तलाको बनाउने नक्सालाई स्वीकृति दिइएको छ । प्रस्तावित सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ ।
यो टावर नेपालमा अहिलेसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ । टावरको लागत तीन अर्ब ५० करोड रुपैँया पुग्ने अनुमान महानगरपालिकाले गरेको छ ।