जिविस धादिङको अत्यन्त जरुरी सूचना

Avatar photo
Dhadingpost
बैशाख ९, २०७३

आर्थिक बर्ष ०७२-७३ को बजेट बक्तब्यको बुँदा नं ८४ मा भएको ब्यवस्था अनुसार वि.सं. २०७२ साल बैशाख १२ गते गएको भूकमपबाट प्रभावित भएका कारण कतिपय सम्झौता भएका योजनाहरु कार्यान्वयन हुन नसकी रकम फ्रिज भएकोमा उक्त फ्रिज भएको रकम यस आर्थिक बर्षमा सम्पन्न गर्ने गरी कार्यान्वयन प्रक्रिया अगाडी बढाउन सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पत्र प्राप्त भएकोले योजना सम्झौता भई कार्यान्वयन नभएका योजनाको पहिले भएको लागत इष्टिमेट अनुसार कार्य गराउनु पर्ने भएको हुँदा पुरानै उपभोक्ता समितिलाई जिल्ला विकास समितिमा सम्पर्क राखी सम्बन्धित प्राविधिकसँग समन्वय राखी कार्य अगाडी बढाउन यो सार्बजनिक सूचना गरिएको छ ।

स्थानीय विकास अधिकारी

x