धादिङबेसीमा प्रियसी धमका भव्य रुपमा सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख १, २०७३

धादिङबेसी बैशाख १ । नयाँ वर्ष २०७३ को अवसरमा धादिङबेसीमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
चर्चित नेपाली राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रम प्रियसी म्यूजिक प्रा. लि. र सरन हार्ड वयर धादिङबेसी आयोजनामा सम्पन्न भएको हो ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीको प्राङ्गण पुछार बजारमा भएको उक्त प्रियसी धमका साँस्कृतिक कार्यक्रममा चर्चित हाँस्यकलाकारहरु बल्छी धुर्वे राजु मास्टरले बेजोड प्रस्तुती गरेका थिए ।
त्यसैगरी चर्चित कलाकार दिनेश विसि, पार्वती राई मेगमान श्रेष्ठको प्रस्तुती पनि दर्शकहरुले मनपराएका थिए । राष्ट्रिय कलाकार आउने थापाए गाउँ गाउँबाट दर्शकहरु कार्यक्रममा सहभागि भएका थिए ।
आयोजक संस्थाका राजेन्द्र पुरी र वविता पुरीले धादिङबेसीमा भव्य कार्यक्रम गर्न सकिएकोमा खुसि व्यक्त गर्नु भयो । विभिन्न ठाउँमा कार्यक्रम जुधेकोले दर्शक कम हुन्छ कि भन्ने लागेको थियो तर दर्शको उपस्थिति सोचे भन्दा धेरै रह्यो पुरी द्वयले धादिङपोष्टलाई बताउनु भयो ।