धादिङबेसी चैत्र १३ । नेपाल बुद्धिजीवि संगठन जिल्ला समिति धादिङको पाँचौं सम्मेलनबाट सुदरर्शन बयौला अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
सम्मेलनले उपाध्यक्षमा शालीग्राम अर्याल, सचिवमा मान बहादुर श्रेष्ठ, कोषाध्यक्षमा शान्ती श्रेष्ठ सह सचिवमा दिनेश लुईटेल सहित २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नेपाल बुद्धिजीवि संगठन जिल्ला समिति धादिङका अध्यक्ष सुदरर्शन बस्यौलाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बुद्धिजीवि संगठन जिल्ला समितिका केन्द्रिय सचिव निलकण्ठ तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसै गरी कार्यक्रममा एकिकृत नेकपा माओबादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको बिशेष आतिथ्यता रहेको थियो । देशको संक्रमणकालिन अबस्थामा बर्गीय आन्दोलनलाई अगाडि बढाउनको लागि बुद्धिजीवि संगठनले हरेक क्षेत्रमा हस्ताक्षेप गरेर बर्गीय आन्दोलनलाई चौतफी रुपमा सक्रिय पार्नु पर्ने भण्डारीले बताउनु भएको थियो । उहाँले बुद्धिजिवी संगठन अरु जनबर्गीय संगठन जस्तै भए पनि फरक भूमीकामा रहेर त्याग सहित बुद्धी लगाएर बर्ग र संगठनको हितमा काम गर्नु पर्ने बताउनु भयो । एकिकृत नेकपा माओबादी धादिङका सचिव विजय बुर्लाकोटी, सह सचिव मनराज भण्डारी, लगायतको आतिथ्यता रहेको थियो ।
