बुढीगण्डकी जलबिधुत आयोजना सम्बन्धी अन्तरक्रिया

Avatar photo
Dhadingpost
चैत्र १३, २०७२

गोरखा बुङ्कोट चैत्र १३ । बुढीगण्डकी जल विद्युत आयोजना सम्वबन्धि अन्तरक्रिया कार्यक्रम गोर्खाको बुङकोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा हाल सम्मको उपलब्धिहरु स्थानिय स्तरमा जानकारी गर्ने र जन सवालका विषयहरुलाई समिक्षा गरीएको थियो ।
मन्त्रालय र आयोजना विकाश समितिलाई स्पष्ट निति गत निणय गरी छिटो कार्यक्रम लागु गर्नको लागी सुझव र स्थानियहरुलाई रोजगारीको प्रातामिकता बारे माग गरएिको थियो । गोखा र धादिङ जिल्लाको २७ ओटा प्रभाति गाविसहरुमा यहि चैत १० र ११ गते देखि अन्तरक्रिया कार्यक्रमको सुरुवात गरीएको थियो । बुढिगण्डकी जल विद्युत आयोजनाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बुढिगण्डकी जलविद्युत आयोजनाका सचिव तोयानाथ अमगाईको अध्यक्षतामा सम्मपन्न भएको कार्यक्रममा बुढिगण्डिकी जल विद्युत आयोजना विकाश समितिका ईन्जिनियर माधव प्रसाद अधिकारी लेखा निर्देशक हिरा गिरी, ईन्जिनियर डिल्ली राम भट्ट आदिको आथिथ्यता रहेको सुजन रेग्मीले जानकारी दिनुभयो ।