धादिङ फुलखर्क चैत्र २ । धादिङको फुलखर्क गाउँ विकास समिति वडा नं ६ हिले पोखरी निमाविको २६ औं बार्षिक उत्सव समारोह सोमबार सम्पन्न भएको छ ।
हिले पोखरी उमावि फुलखर्कका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मण्डली स्रोत केन्द्रका स्रोत ब्यक्ति नवराज बस्यौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
हिले पोखरी निमाविको २६ औं बार्षिक उत्सबको अबसरमा फागुन २६ गते देखि सुरु भएको विभिन्न साँस्कृतिक तथा खेलकुद प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
साथै सास्कृतिक कार्यक्रममा समाजका बुद्धि जिवीहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु, अभिवाभक लगायत विद्यार्थीहरुको सहभागिता रहेको फुलखर्कबाट सहकर्मी मित्र दामोदर भट्टले जानकारी दिनु भयो ।
