प्रेस यूनियनका जिल्ला सहसचिव क्रान्तिकारीमा प्रवेश

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७२

धादिङबेसी फागुन २३ । प्रेस युनियन धादिङका सह सचिव बाबुराम श्रेष्ठ क्रान्तिकारी पत्रकार संघ धादिङमा प्रवेश गर्नु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ धादिङको शनिवार जिल्ला सम्मेलन उद्घाटन सत्रमा संघका केन्द्रिय संयोजक गोविन्द आचार्यले श्रेष्ठलाई संघमा प्रवेश गराउनु भएको थियो ।
अन्य संगठन र क्रान्तिकारी पत्रकार संघको मुल्यमान्यतालाई राम्रो सँग बल्ल बुझ्न सकेँ, श्रमजीवि पत्रकारको हकहितको लागि काम गर्ने पत्रकार हरुको पेशागत संगठन क्रान्तिकारी पत्रकार नै भएको आफ्नो निष्कर्ष भएकोले प्रवेश गरेको श्रेष्ठले धादिङपोष्ठलाई बताउनु भयो ।
जिल्लाको विभिन्न मिडिया हाउस टिभि, अनलाईनमा समेत काम गरि सक्नु भएका बाबुराम श्रेष्ठ हाल रेडियो बिहानीमा कार्यरत हुनु हुन्छ ।