हरिहरसिंह राठौर, धादिङ, फाल्गुन १९ । सामुदायिक वनहरुको वेवास्ताका कारण धादिङका अधिकांस सामुदायिक वनगंगलहरुमा डढेलो लागेको छ । डढेलोले पृथ्वीराजमार्गको वेनीघाट, गजुरी, जोगीमारा ,सलाङ, नलाङ गाविसका हरेक जसो सामुदायिक वनहरु सखाप पारेकोछ । सदरमुकाम नीलकण्ठ नगरपालिकाकै तल्लोवेंसी र ससाहा वनक्षेत्रमा भिषण डढेलो लागेको हो । ुनेपालकै सव भन्दा वढी ६ सय ७२ वटा सामुदायिक वनहरु धादिङमा दर्ता छन् । सामुदायिक जंगल र मानवीवस्ती निकै नजिकै रहेका कारण पनि डढेलो लाग्ने गरेकोु जिल्ला वन कार्यालयका जिल्ला वन सहायक सुदिप छत्कुलीले वताए ।
पशुपालन गरेका स्थानीयवासीहरुले नयाँपालुवा पलाए पछि गाईवस्तु चराउन सजिलो हुने भन्दै डढेलो लगाउने गरेका छन् भने दाउरा संकलनमा पनि सहज गराउन डढेलो लगाउने गरेको स्थानीयवासीहरु वताउाछन् ।
विगतका वर्षहरुमा सामुदायिक वन उपभोक्ता महासंघको पहलमा जिल्लाका विभिन्न स्थानहरुमास्थानीय वनउपभोक्ता र सहकारीहरु लाई विरुद्ध डढेलोका चेतनामुलक कार्यक्रम हरु संचालन गरेकोले निकै कम डढेलो लागेको थियो । तर लापरवाहीकै कारण यसपाला त धादिङम गत पुस महिना वाटै डढेलो लाग्न शुरु गरेको छ, तल्लोवेंसीका शिक्षक विष्णु अधिकारीले वताए ।
कतिपय सामुदायिक वनजंगलमा लागेको डढेलो स्थानीय उपभोक्ताहरुले सामुहिक प्रयासबाट निभाएर आगलागी नियन्त्रणमा लगेका छन् भने अधिकांस समुदायिकवन जंगल डढेलोले सखाप वनाएकोछ ।
वेनीघाटको सामुदायिक वनमा लागेको डढेलो । साभार ई-कान्तिपुर

