हामी कसैको गुलाम हैनौं

Avatar photo
Dhadingpost
आइतवार, अशोज २४, २०७२

bindaaप्राचीन कालिन समयमा भनिन्थ्यो जसले बढी माया ममता दिन्छ वास्तवमा उ नै जीवनको सबैभन्दा ठूलो दुस्मन हो । हो, आज म ती अग्रजहरूलाई सलाम गर्छु किनकी उहाँहरू त्यस समयमा आजको ज्योतिषभन्दा कमी हुनु हुँदो रहेनछ, हिजो उहाँहरूले बोल्नुभएको कुराको प्रमाण आज हाम्रो अगाडि नाच्दै छ जसलाई हामी रङ्गमञ्चका दर्शक बनेर नियालीरहेका छौँ । औँलो दिँदा डुँडुल्ला निल्न पल्केकाहरू आज नेपाली भूमिमा लात हानेर नेपालको छिमेकी हुँ भन्न पछि पर्दैनन् । आखिर पर्दाको जन्ति मर्दाको मलामी नभए त्यो छिमेकी के छिमेकी ? हिजोका पृथ्वीनारायण शाहले स–साना राज्य समेटेर सुन्दर, शान्त नेपाल निर्माण गरे तर आजका पृथ्वीनारायण शाहले विभाजन गर्दैछन् । पूर्खाले जातीयताको अन्त्य गर्न आफ्नो रगतले नेपालको माटो मोले तर आज त्यही जातीयताको रोटी खान आफ्नै दाजुभाइलाई दशैँको पशुझैँ रेट्दैछन्, आखिर केका निम्ति यो सब ? कहिलेसम्म चढाउँछौँ मानवको बलि ?
हिउँको सेतो घुम्टो ओढी प्रकृतिको हरियो फरिया पैरिएर मुस्कुराइ रहेको नेपाली माटोमा हुर्केका हामी नेपाली आज पनि आफ्नो स्वार्थको निम्ति किन लड्दैछौँ ? भक्ति थापाको मृत्युमा आफ्नो जीवन छाम्ने, अमरसिंहको विरतामा जोश र जाँगर लिने, पृथ्वीनारायण शाहको सम्मान बिना स्वाभिमानको टीका लगाउन नसकी पहिचान हराएको महसुस गर्ने हामी नेपाली छिमेकीका गुलामी हौँ र ? आखिर संसारकै लामो नाइल नदि नभए पनि पहाड र मधेश भिजाउँदै हिँड्ने स्वच्छ हिमाली पानी छ, हामीसँग । सुन चाँदीको गहना भरपुर नभए पनि नेपाली शैली, चोखो माया, विश्वास र सद्भावना छ जसलाई सिञ्चन गरेर हामी नेपालीहरूले नेपाली माटोमा मानवाताको पूmल पूmलाउनु छ ।
आफ्नो मुटुको रगतले पोतिएर बनेको दुईकुने झण्डामा हामी नेपालीले विरताको निशानी भेट्नुपर्छ ? शत्रुहरूका अगाडि कहिल्यै नहार्ने अपराजीत वीर गोर्खालीका सन्ततीहरू डलरको लोभमा पशुझैँ डो¥याउनु हुन्न, भौतिक सुख र सुविधाको लासमा ¥याल चुहाइ हिँड्ने लाछी स्याल बन्नु हुन्न, आफ्नै जनी मातालाई तालतमारी पराइको चकलेटको मोहमा पछी लाग्नै विश्वासघाती बन्न हुँदैन । हो हामी हात मुख जोर्न नसकी अभावै अभावमा बाँचौँला तर आफ्नो आँखा बेचेर, बस्न चाहनु हुँदैन, आफ्नो खुट्टा काटेर स्टिलको वैसाखी टेक्न चाहनु हुँदैन, आफ्नो मस्तिष्क बन्धकी राखेर अरूको दासतालाई स्वीकार्नु हुन्न । आफ्नो देशको सद्भावना र उन्मुक्तिमा रमाई आफ्नो ज्ञानको ज्योतिले सिङ्गो देशमा दीपावली गर्नुपर्छ ।
होसियार छिमेकी हो तिमीहरूको व्यापार व्यवसायमा पुलको कार्य गर्दै आएको स्वर्गको एक सानो टुक्रा नेपाल सम्भावनाहरूको खानी हो । शान्तिको दूत गौतम बुद्धले चुमेको पवित्र स्थल नेपाल एक कृषि प्रधान मुलुक हो । अब तिमीहरूको राज चल्नेवाला छैन । अब महाभूकम्प र नाका बन्दबाट कत्ति पनि विचलित नभई देशमा रहेका विविध सम्भावनाहरूको खोजीमा अग्रसर हुनुपर्छ । हाम अन्नको भण्डार तराईमा मात्र सिमित नभई कृषिमा आधुनिकीकरण गरी पहाडी क्षेत्रमा प्रसस्त फलपूmल खेती गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिए प्रशस्त लाभांश लिन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा बिक्री गरिने जडीबुटी सङ्कलन गरी नेपालमा नै प्रशोधन गर्न सकिएमा आय आर्जन सुधार गर्न सकिन्छ । बहुमूल्य वस्तु यार्सागुम्बा सङ्कलन कार्यमा तिब्रता दिई उचित बजार व्यवस्थापन गर्न सकिएमा आर्थिक रूपमा अगाडि नबड्ला भन्न सकिँदैन । प्राविधिक शिक्षाको विकास गरी नेपालमा रहेको पेट्रोल, फलाम, तामा, सुन, ग्यास उत्खनन् गर्न सकिएमा नेपाल अरूमा आत्मनिर्भर रहँन पर्दैन न त अरूको गुलामी बन्नुपर्छ । हिमाली तथा मध्यपहाडी लोकमार्ग जोड्ने अन्य थुप्रै मार्गहरू खोली पहाडी र हिमाली क्षेत्रको परम्पारागत संस्कार, संस्कृति प्रचार प्रसारमा टेवा दिनुपर्ने छ । नेपाल जलस्रोतको धनी मुलुक भएको नाताले साना तथा ठूला नदीहरूबाट विद्युत उत्पादन गरी नेपाल आपूmमा आत्मनिर्भर नभएसम्म हामी छिमेकीको चेपबाट मुक्तिको सुस्केरा सुस्काउन सक्दैनौँ । अब नेपालको उच्च पहाडी क्षेत्रमा पाइने रातो अङ्गुर र किवी जस्ता बहुमूल्य खाद्यवस्तु बाट विद्युत् उत्पादन गर्न सक्ने युरेनियम प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी नेपाललाई विकासको गतितर्फ लम्कनु जरुरी छ । हामी सौखिन नेपाली छिमेकीको मुख ताकेर बस्नुभन्दा स्वदेशी वस्तुमा प्राथमिकता दिई नेपाली हुनुको स्वाभिमान बचाउनु पर्छ । तसर्थ फर्क अब परदेशी दाजुभाइ, आफ्नो जन्मभूमि, बगाउ पसिना नेपाली माटोमा; अब जुट्नुपर्छ, उठ्नुपर्छ, लड्नुपर्छ स्वाभिमानका निम्ति, सुस्ता, नालापानी र टनकपुरका निम्ति । लुट्दै छन् पिपाशूहरूले हाम्रो मुटु, गर्दैछन् लिपूले मार्गझै नेपाली माटो अक्रिमणमा सम्झौता । धादिङ ज्यामरुङका दाजुभाइझैँ थालौँ चौरी पालन, गरौँ चिज उत्पादन, अनि अष्ट्रिज पालन शुरु गरौँ । अब हामी एक बन्नु छ । गोर्खाली सन्तती हौँ न डग्न जानेका छौँ न त झुक्न जानेका छौँ । जानेका छौँ त केवल आइलाग्नेलाई जाइलाग्न । यो देशलाई युवाको खाँचो छ ।
फुलेका कपालहरूलाई दबाब दिनुछ कि हामी नेपाली हौँ र इमान्दारी र देशभक्ति छ हामीसँग भनेर । हामी कसेको दासी हैनौँ । हामी कसैको रच्छान् (रछान) चाट्दैनौँ । पेटभरी खान नपाए आधा पेटमा गरौँ संघर्ष खोजौ वैकल्पिक बाटोहरू जसले हामीलाई अरूको परनिर्भरबाट मुक्ति दिलाओस् । नेपालीहरू शान्ति र स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ, यही धर्तीको शीतलताको अनुभव गरी प्रकृतिको काखमा निश्चिततापूर्वक निदाउनुपर्छ । तबमात्र हामी नेपाली हुनुको अस्तित्व रहन्छ ।

धादिङ, कल्लेरी, हाल : काठमाडौँ

प्रतिक्रियाको लागि
khatiwadabinda6@gmail.com