तुईनबाट सन्तबहादुर त्रिशुलीमा खसे

Avatar photo
Dhadingpost
भदौ २९, २०७२

aaaaधादिङ । जोगिमारा गाउँ विकास समिति स्थित जोगिमारा नजिकै रहेको तुईनबाट खसी गोरखा थुम्का निवासी सन्तबहादुर चेपाङ गम्भीर घाईते भएका छन् ।
जोगिमारामा तरकारी बेचेर घर जाने क्रममा उनी तुईनको डोरी तान्ने क्रमम त्रिशुली नदि किनारमा खसेक थिए ।
नदि किनारमा खसेर गम्भीर घाईते चेपाङको चितवन स्थित सि.एम्.सी अस्पतालमा उपचार भैरहेको छ । तुईनबाट खसेर घाईते भएका सन्तबहादुरको उपचार खर्च जुटाउन समेत समस्या भएको जोगिमाराबाट तिलक चेपाङले बताउनुभयो ।
यस अघि एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले मुक्राङ, हुइलिङवाङ, हिग्लुङ, लुक्राङ लगायतका गाउँका २८ जना बालबालिकालाई विद्यालय जान समस्या भएको भन्दै जोगिमारा स्थित शंखादेवी माध्यमिक विद्यालयमा छात्रावासको समेत व्यवस्था गरिदिनुभएको थियो । ती गाउँहरुबाट धादिङ आउन जानको लागि २ वटा पुलको आवश्यकता रहेको भन्दै स्थानीयहरुले सरोकारवाला निकायसंग माग गर्दै आएका छन् ।
अहिले हिक्लुङ्को फेदीबाट टिक्राङ जोड्नको लागि १ वटा झो.पु. निर्माणको लागि टेन्डर आब्हान भई काम अगाडि बडिरहेको छ । डेढ वर्षको अवधिमा झो.पु निर्माण गर्ने योजना रहेको बताइएको छ । गोरखाका ८० घर परिवार चेपाङहरु दैनिक रुमा धादिङ आवत जावत गर्ने गर्छन् ।