नीलकण्ठ नगरपालिका कार्यालय, धादिङमा कर्मचारी आवश्यक्ता सम्वन्धी सुचना ।

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ६, २०७२

निलकण्ठ नगरपालिका कार्यालय, धादिङमा देहायका तह, सेवा, समूहका पदहरु खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
Padpurti Bigpan Localपरीक्षाको किसिमः लिखित र अन्तरवार्ता (प्रशासनतर्फ सहायक पाँचौं र चौथो तहको लागि कम्प्युटर सीप परीक्षण समेत हुनेछ)
परीक्षा केन्द्रः निलकण्ठ नगरपालिका, पदपूर्ति समितिले तोके बमोजिम
परीक्षा दस्तुरः अधिकृतस्तर छैटौ तहका लागि रु.७००।–, सहायक पाचौ तहका पदका लागि रु. ४००।– र समावेशी समूहमा समेत दरखास्त दिन चाहने
उम्मेदवारको लागि थप रु. २००।–, सहायक चौथो तहका पदका लागि रु. ३००।– र समावेशी समूहमा समेत दरखास्त दिन चाहने उम्मेदवारको
लागि थप रु. १००।–,
दरखास्त फारामः लोक सेवा आयोगले तोकेको ढाँचा अनुरुप हुने । निलकण्ठ नगरपालिकाको कार्यालय, धादिङवेसी बाटै उपलब्ध गराइने ।
दरखास्त दिने स्थानः निलकण्ठ नगरपालिका कार्यालय, धादिङवेसी, धादिङ
कामको विवरण ः निलकण्ठ नगरपालिका कार्यालयले तोके बमोजिम
तलब ः प्रचलित स्केल बमोजिम ।
सेवा सम्बन्धी मन्त्रालयः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।
आवश्यक न्यूनतम योग्यता ः
सिभिल इञ्जिनियर, अधिकृत स्तर छैटौ तहका लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इञ्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण ।
सव इञ्जिनियर, सहायक पाचौ तहका लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इञ्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
कार्यालय सहायक पाचौ तह प्रशासन तर्फका लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
कार्यालय सहायक चौथो तह प्रशासन तर्फका लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरह उत्तीर्ण ।
अमिन, सहायक चौथो पदको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिइ एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा
कम्तीमा १ (एक) वर्षको तालिम प्राप्त गरेको ।
दरखास्त दिने अन्तिम मितिः– २०७२।२।१४ सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन) र दोब्बर दस्तुर तिरी
२०७२।०२।२१ सम्म ।
उमेर ः– मिति २०७२।२।१४ मा १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको तर महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
पाठ्यक्रम ः सबै पद तथा तहका लागि लोक सेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेको पाठ्यक्रम नै कायम गरिने र उक्त पाठ्यक्रममा स्थानीय
निकाय सम्बन्धि पाठ्यक्रम थप गरिनेछ । पदपूर्ति समितिबाट स्वीकृत उक्त पाठ्यक्रम निलकण्ठ नगरपालिकाबाट प्राप्त गर्न सकिनेछ ।
यसमा उल्लेख नभएका अन्य कुराहरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।
द्रष्टब्य ः
दरखास्तसाथ न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरु (अ) लब्धांकपत्र (आ) चारित्रिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र समेतका प्रतिलिपी पेश गर्नुपर्नेछ
। प्रमाणपत्रका प्रतिलिपीका पछाडि उम्मेदवार स्वयंले सक्कल बमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नुपर्नेछ ।
समावेशी तर्फ आदिवासी÷जनजातीतर्फ दरखास्त दिने उम्मेदवारहरुले नेपाल आदिवासी÷जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातीको हकमा
सोही सूचीका आधारमा, तर नेपाल आदिवासी÷जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिभित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित
स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जातीभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नुपर्नेछ ।
सदस्य सचिव
पदपूर्ति समिति, निलकण्ठ नगरपालिका कार्यालय, धादिङ ।