नीलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २०, २०७१

प्रथम पटक प्रकाशित मिति: २०७१-१२-१६
यस नगरपालिकाको पुछारबजारमा रहेको बसपार्कमा वर्षौंदेखि सञ्चालनमा नरहेका बस तथा सवारीसाधनहरु राख्दा बसपार्क व्यवस्थापनमा असहजता देखिएकोमा यस नीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण भएको छ ।
यस्ता सञ्चालनमा नआउने बस तथा सवारी साधनहरु सम्बन्धित बस धनीहरु वा अधिकार प्राप्त व्यक्ति वा संस्थाहरुले यो सूचना जारी भएको ३५(पैतिस) दिन भित्र उक्त बसपार्कबाट हटाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
उक्त अवधिमा पनि त्यस्ता सवारी साधनहरु नहटाई अटेर गरेमा नियमानुसार कारवाही प्रक्रिया अघि बढाइने व्यहोरा समेत सम्बन्धित पक्षहरुलाई सूचित गरिन्छ ।

कार्यकारी अधिकृत
नीलकण्ठ नगरपालिका