आप्रवास सम्बन्धी पत्रकारका लागि तालिम सकियो

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७१

imagesधादिङबेसी फागुन २४ गते । धादिङ जिल्लामा क्रियाशील पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम धादिङवेसीमा सम्पन्न भएको छ । आवाज अभियान नेपाल र हेल्भेटास स्वीस सरकारको साझेदारीमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आम संचार परिचालन कार्यक्रमका लागि धादिङ जिल्लामा क्रियाशील पत्रकारहरुका लागि दुई दिने तालिम दिइएको हो ।
तालिममा जिल्लाका करिब २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आवाज अभियान धादिङका अध्यक्ष केशव दुवाडीले सुरक्षित आप्रवासनको विषयलाई ध्यान दिएर समाचार सम्प्रेशण गर्न आग्रह गर्नुभएको थियो । आगामी वर्षको लागि सबै पक्षको परामर्स गरेर सम्बन्धित विषयमा कलम चलाउने पत्रकारहरुको लागि एक प्रकारको पुरस्कार रारसीको समेत व्यवस्था गर्ने उहाँको भनाई थियो उता पत्रकारहरुले भने आफुहरुले आप्रवासनलाई व्यवस्थित बनाउन आफ्नो क्षेत्रबाट काम गर्ने बताएका थिए ।