बिहानै देखि धादिङबेसी सुनसान

Avatar photo
Dhadingpost
पुस २९, २०७१

ddddddddddddधादिङबेसी पुस २९ । एमाओवादी धादिङले आज बन्दको घोषणा गरे सँगै धादिङमा बन्द बन्दको पूर्ण प्रभाव सँगै सदरमुकाम सुनसान बनेको छ ।
धादिङबेसीबाट चल्ले यातायातका साधन कुनै पनि चलेका छैनन् भने पृथ्वी राजमार्गमा पनि कुनै पनि सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् ।
चोक चोकमा प्रहरीहरु परिचालन भए पनि धादिङमा त्यस्तो अप्रिय घटना घटेका छैनन् त्यस्तै सदरमुकाम धादिङबेसी पूर्ण रुपमा बन्द छ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मुलुकमा फेरि जनपक्षिय संविधान बन्न नदिने चलखेल बढ्दै गएको र सहमति र संवादबाट संविधान गारी गर्न दवाव स्वरुप आज तामसालिङका धादिङ सहित १० जिल्ला र नेवाः राज्यका काठमाडौ भक्तपूर र ललितपूर जिल्ला बन्दको घोषणा गरिएको बताउनु भयो ।
उहाँले बन्दबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमयाचाना माग्दै बहुमतको मन्त्र जप्नेहरुलाई सहमतिबाटै संविधान बनाउन नैैतिक दवाव सृजना गर्न बन्दको आयोजना गरिएको चोक
एमाओवादी धादिङका उपाध्यक्ष राजु नेपालले बन्द सफल पार्न एमाओवादी धादिङका नेताहरु आआफ्नो कार्यक्षेत्र पुगि सकेकाले बन्द अबज्ञा कहिकतैबाट नहुने बताउनुभएको छ ।