किरान्चोकको गाउँ परिषद सम्पन्न

Avatar photo
Dhadingpost
पुस २२, २०७१

धादिङ पुस २२ गते । किरान्चोक गाउँ विकास समितिको गाउँ परिषद सम्पन्न भएको छ । गाउँ विकास समितिको कार्यालयमा गाउँ विकास समितिका सबै राजनीतिक दल, क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि, दलित महिला आदीवासी जनजाती प्रतिनिधिहरुको उपस्थितिमा गाउँ परिषद् सम्पन्न भएको हो ।
गाउँ परिषद्ले आगामी आर्थिक वर्ष २०७२-०७३ को लगि अनुमानित बजेट पारित गरेको छ । अनुमानित आय पूजीँगततर्फ १९ लाख ६२ हजार, नेपाल सरकर बाट ४लाख ५३ हजार ५ सय, जिविसबाट अनुदान १० लाख, आन्तरिक स्रोतबाट १ लाख ५० हजार सामाजिक सुरक्षातर्फ ३२ लाख, विभिन्न सहायतातर्फ २ लाख ३४ हजार र जलवायु परिवर्तनबाट १४ लाख आय हुने अनुमान गरेको छ, भने खर्चतर्फ सडक, शिक्षा, खानेपानी, सिंचाई, विभिन्न भौतिक निर्माणका कामहरु लगायतका शिर्षकमा खर्च गर्ने योजना पारित गरिएको किरान्चोकबाट महेश न्यौपानेले जानकारी दिनुभयो ।

x