जोगिमारामा सुत्केरी भेट कार्यक्रम

Avatar photo
Dhadingpost
पुस १५, २०७१

sutkeriजोगिमारा पुस १५ गते । जोगिमारा गाउँ विकास समितिको वडा नम्वर ९ फचिमटारमा रहेको परिवर्तनशिल आमा समुहमा आज सुत्केरी भेट कार्यक्रम सम्पन्न भएको छ । आमा समुहले स्वास्थ्य संस्थामा गई सुत्केरी हुनु भएका रोजिया सेन ठकुरीलाई न्वारानको दिन पारेर आज सुत्केरी भेट गरिएको हो ।
सुत्केरी भेटको अवसरमा आमा समुहका सदस्यहरुले फलफुल, आमा र बच्चाको लागि न्यानो कपडा, पोषण युक्त खानेकुरा उपहार स्वस्रप प्रदान गरिएको थियो । यसका साथै सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरु, गर्भवति जाँच, सुत्केरी जाँच, परिवार नियोजनको बारेमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।
सुत्केरी अवस्थामा माइतिको न्यास्रो मेट्ने र समुहमा आत्मिक भावना वृद्दि हुने, स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलामा वृद्दि हुने भएकाले सुत्केरी भेट कार्यक्रम गरिएको आमा समुहका अध्यक्ष जानुका घिमिरेले वताउनुभयो । जोगिमारा गाउँ विकास समितिको वडा नम्वर १, ३, ४ र ९ मा सुत्केरी भेट कार्यक्रम हुंदै आईरहेको छ । सुत्केरी भेट कार्यक्रमका कारण स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलामा वृद्दि भएको जोमिगारा स्वास्थ्य चौकीले जनाएको छ ।
शान्ति नेपालले जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, पिडा, गजुरी, कुम्पर, मुरलिभञ्ज्याङ, किरान्चोक गाउँ विकास समितिमा सामुदायिक स्वास्थ्य तथा सशक्तिकरण परियोजना सञ्चालन गर्दै आईरहेको छ । परियोजना अन्तरगत आमा समुह तथा आमा समुह सञ्जालमा जीवन सुरक्षा गोष्ठी, प्राथमिक स्वास्थ्य तालिम, वृद्दि अनुगमन केन्द्र सञ्चालन, व्यवहारिक मुख स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व प्रवर्धन कार्यक्रम अन्तरगत खुत्रुके उपहार, सुत्केरी भेट लगायतका कार्यक्रम सञ्चालन गर्दै आईहरेको शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता दुर्गानारयाण श्रेष्ठले जानकारी दिनुभयो ।