नेकपा माओवादीका नेताले समूहगत निष्कर्स सुनाउदै

Avatar photo
Dhadingpost
पुस १३, २०७१

पुस १३ गते । नेकपा माओवादीको राष्ट्रिय भेलामा आज समूहगत नेताले हिजो छलफलमा उठेका विषयको निश्कर्ष प्रस्तुत गर्ने भएका छन् । बानेश्वरस्थित एक पार्टी प्यालेसमा केही बेरमा सुरु हुन लागेको बैठकमा पार्टी अध्यक्ष मोहन वैद्यले तयार पार्नु भएको २४ पृष्ठ लामोको प्रतिवेदनमा उनीहरुले धारणा राख्ने तयारी गरिरहेकोे पार्टी प्रवक्ता पम्फा भुसालले सीआईएनलाई जानकारी दिनुभयो ।
१८ समुहमा विभाजित भएर हिजै छलफल गरेर सकिएकाले आज समूह नेताले निश्कर्ष पेस गर्ने भएका हुन् । भेलामा सबै जिल्लाका प्रतिनिधिका साथै भारत, यूरोप तथा मध्यपूर्वका देशहरुबाट समेत गरी करिब ९ सय प्रतिनिधि र केन्द्रीय सदस्य तथा सल्लाहकारसमेतको सहभागिता रहेको माओवादीले जनाएको छ ।
आज समूहगत छफलको निश्कर्ष र भोलि उठेका प्रश्नको जवाफ दिएपछि भेला सकिनेछ ।