नीलकण्ठ नगरपालिकाद्वारा कक्षा ८ को नतिजा सार्वजनिक, १० विद्यार्थीले ल्याए ४.० GPA

Avatar photo
नारायण सिलवाल
चैत्र २७, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष समग्र उत्तीर्ण दर ९२.२१ प्रतिशत रहेको छ।

स्रोत व्यक्ति मेघनाथ कोइरालाका अनुसार परीक्षामा १,२०७ जना विद्यार्थी सहभागी हुनुपर्नेमा १,१९४ जना मात्र सहभागी भएका थिए । तीमध्ये १,१०१ जना ग्रेडेट (उत्तीर्ण) भएका छन् भने ९३ जना नन-ग्रेडेट भएका छन् ।

यस वर्षको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै १० जना विद्यार्थीले ४.० GPA हासिल गरेका छन् । उनीहरूमध्ये ६ जना नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी रहेका छन् ।

४.० GPA ल्याउने विद्यार्थीहरू:

१. आदर्श अधिकारी – नीलकण्ठ बालमन्दिर मा.वि.
२. आर्सन रिजाल – नीलकण्ठ बालमन्दिर मा.वि.
३. जिया अधिकारी – नीलकण्ठ बालमन्दिर मा.वि.
४. मनोज थापा – नीलकण्ठ बालमन्दिर मा.वि.
५. सम्राट श्रेष्ठ – नीलकण्ठ बालमन्दिर मा.वि.
६. सौरभ सिम्खडा – नीलकण्ठ बालमन्दिर मा.वि.
७. अमिक्षा गुरुङ – चिल्ड्रेन पार्क मा.वि.
८. मुहमद सरिफ मिया – न्यू धादिङ बोर्डिङ स्कुल
९. दिक्षा रिजाल – न्यू धादिङ बोर्डिङ स्कुल
१०. अनुजा तामाङ – सुनगाभा एकेडेमी

त्यस्तै, नगरपालिकाभित्रका ३१ विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । ती विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको नगरपालिकाले जनाएको छ ।

 शतप्रतिशत नतिजा प्राप्त गर्ने विद्यालय

  • Advance Academy 47 
  • Bhairavee Secondary School 22
  • Chandeshwori Secondary School 35
  • Children Park Secondary Boarding 76
  • Deurali Secondary School 24 
  • Dhading Boarding Secondary School 56 
  • Gairi Gaun Secondary School 21
  • Gauri Shankar Basic School 13
  • Jal Devi Basic School 17
  • Karneshwar Secondary School 23 
  • Kumari Devi Secondary School 13 
  • Mahendra Secondary School 30
  • Mahendrodaya Basic School 11
  • Mahendrodaya Kalika Secondary Sch 20 
  • Manakamana Devi Basic School 14 
  • Manarupee Secondary School 16
  • Manjushree Secondary School 31
  • New Dhading Boarding School 31
  • New Kibou Boarding School 46
  • Palpasamari Bhanjyang Sec.School 15
  • Panchakanya Secondary School 34 
  • Panchakanya Secondary School 10
  • Pateni Basic School 11 
  • Prakash Secondary School 19 
  • Ramkot Secondary School 23 
  • Saraswati Secondary School 14 
  • Shankha Devi Secondary School 24 
  • Shankhadevi Secondary School 5 
  • Sthanapati Basic School 5 
  • Sungabha Academy 13
  • LamaGuru Secondary School 29

नीलकण्ठ नगरपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालय र ६ वटा संस्थागत (निजी) विद्यालयका विद्यार्थीहरु यो परिक्षामा सहभागी थिए ।