पोर्चुगलमा दिनबन्धु पोखरेलको प्रवचन तथा सत्संग कार्यक्रम हुने

Avatar photo
गोविन्द बुढाथोकी
चैत्र ९, २०८२

लिस्बन (पोर्चुगल) । युरोप आध्यात्मिक यात्रा–२०२६ अन्तर्गत वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल को प्रवचन तथा सत्संग कार्यक्रम पोर्चुगलमा आयोजना हुने भएको छ ।

NRNA Portugal को आयोजनामा आगामी अप्रिल १२, २०२६ मा हुने उक्त कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागी भई आध्यात्मिक ज्ञान प्राप्त गर्न आयोजकले आग्रह गरेको छ ।

कार्यक्रममार्फत भक्ति, ज्ञान र आध्यात्मिक चेतनाको सन्देश प्रवाह गरिने जनाइएको छ । आयोजकले सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा दिएको छ ।

युरोप भ्रमणका क्रममा हुने यस प्रवचन कार्यक्रमले नेपाली समुदायबीच धार्मिक तथा सांस्कृतिक एकता थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।