
धादिङ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पञ्चकन्या गाउँपालिका–२, नुवाकोटले भोलिदेखि आयोजना गर्न लागेको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन धादिङको एड्भान्स एकेडेमीका २३ जना खेलाडी नुवाकोट प्रस्थान गरेका छन्।
मंसिर १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतिस्पर्धामा खेलाडीहरूले ग्येरोगी (Fight) र पुम्से (Poomsae) दुवै विधामा प्रतिस्पर्धा गर्नेछन्।
आकर्षक पुरस्कार राशी
ग्येरोगी (Fight)
- प्रथम : रु १,००,०००
- द्वितीय : रु ५०,०००
- तृतीय : रु २५,०००
पुम्से (Poomsae)
- प्रथम : रु २०,०००
- द्वितीय : रु १५,०००
- तृतीय : रु १०,०००
एड्भान्स एकेडेमीले विगत पाँच वर्षदेखि तेक्वान्दोलाई विद्यालयको नियमित पाठ्यक्रममा समावेश गर्दै आएको छ।
विद्यालयका तेक्वान्दो प्रशिक्षक मरियम तामाङको नेतृत्वमा खेलाडी टोली पठाइएको विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले जानकारी दिए।
