माओवादी बेनीघाट रोराङको अध्यक्षमा खेम भुजेल चयन

Avatar photo
उपेन्द्र जम्कट्टेल
मंसिर २३, २०८१

धादिङ । नेकपा माओवादी केन्द्र बेनीघाट रोराङको दोस्रो पालिका सम्मेलनबाट अध्यक्षमा खेम भुजेल चयन भएका छन् ।

उक्त सम्मेलनले उपाध्यक्षमा संगिता विसुराल, राम्जी चेपाङ र विनोद शाह, सचिवमा छविलाल श्रेष्ठ, सह सचिवमा मनोज डल्लाकोटी, कोषाध्यक्षमा पुष्प रसाईली रहने गरी ३३ सदस्यीय कार्य समिति गठन गरेको छ ।

केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पनन उक्त सम्मेलनमा केन्द्रीय सदस्य कञ्चन खनालको विशेष आतिथ्यता,बेनिघाट रोराङ गाउपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक),थाक्रे गाउँ पालिका ईन्चार्ज पित्त ब।डल्लाकोटी (हरी) लगायतको आतिथ्यता रहेको थियो ।