एड्भान्समा विभिन्न कार्यक्रमका साथ रेडक्रस स्थापना दिवस मनाईयो

Avatar photo
Lawong Bijay
भदौ १९, २०८०

नेपाल रेडक्रस सोसाइटी ६१ औँ स्थापना दिवस तथा कृष्ण जन्माष्टमीको अवसरमा विविध गतिविधि सञ्चालन गरिएको छ ।

कक्षा एक देखि तीन सम्मका विद्यार्थीहरू का लागि रङ भर प्रतियोगिता, कक्षा चारदेखि छ सम्मका विद्यार्थीहरूका लागि Disaster and Red Cross शीर्षकमा चित्रकला प्रतियोगिता, कक्षा एकदेखि छ सम्मको Red Cross Arts Exhibition र कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरूका लागि नेपाल रेडक्रस विशेष भित्ते पत्रिका प्रतियोगिता सञ्चालन गरिएको थियो ।

विद्यालयले हरेक राष्ट्रिय तथा न्तराष्ट्रिय महत्वका दिवसहरूमा विविध गतिविधि आयोजना गरी विद्यार्थीहरूलाई सहभागी गराउने प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए ।