नीलकण्ठमा राष्ट्रपति रनिङ शिल्ड जारी नीलकण्ठ मावि अग्रस्थानमा (अंक स्कोर समेत)

Avatar photo
नारायण सिलवाल
माघ १४, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाईनल तथा पुरस्कार वितरण कार्यक्रम आईतबार हुने भएको छ ।

विभिन्न विधाका खेलहरुको नतिजा अनुसार नीलकण्ठ माध्यामिक विद्यालय १२ स्वर्ण सहित प्रथम अग्रस्थानमा छ भने ५ स्वर्ण सहित बाल मन्दिर दोस्रो र ४ स्वर्ण सहित एड्भान्स तेस्रो पोजिशनमा छन् ।

अधिकांश खेलहरुको फाईनल पनि आईतबार नै हुने भएका छन् । भलिबल पुरुष तर्फ नीलकण्ठ मावि र देउराली मावि बीच हुने भएको छ भने छात्रा तर्फ एड्भान्स एकेडेमी फाईनल पुगेको छ भने अर्को टिम भोली बिहान हुने आर्को सेमिफाईनबाट टुङ्गो लाग्ने छ । यस्तै कबड्डी तर्फ पनि फाईनल खेल भोली नै हुने छ भने एथलेष्टिकका खेलहरु पनि भोली सकिने बताईएको छ । तेक्वान्दो र कराँतेका सम्पूर्ण खेलहरु सकिएको खेल तेक्वान्दोप्रशिक्षक रमेशमान तुलाधरले बताए ।

जारी प्रतियोगिताको दोस्रो लिन सम्मको अंक स्कोर